२०७५ साल चैत्र १४ गते बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू–


१. सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।
२. सवारी साधनहरूको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपर्युक्त बमोजिमको सडक उपभोग दस्तुर सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।
३. यूनाइटेड सिमेण्टस् प्रा.लि.को नौबिसेस्थित सिमेण्ट कारखानास्थलसम्म जाने आउने औद्योगिक पहु“चमार्ग÷सडकमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–९ मा रहेको पोखरीडा“डा सामुदायिक वनको कूलजम्मा ०.१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ ।

गोकुल प्रसाद बाँस्कोटा
प्रवक्ता
नेपाल सरकार

प्रतिक्रिया दिनुहोस्