प्रेस विज्ञप्ति


 

मितिः ६ मंसिर २०७५
२०७५ साल मंसिर ३ गते सोमबार दिनको ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न निर्णय गरेको छ–
१. विद्युत प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्न एशियाली विकास बैंकले प्रदान गर्ने थप २० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय भएको छ ।
२. एशियाली विकास बैंकका तर्फबाट Urban Water Supply and Sanitation (Sector) Project

का लागि प्राप्त हुने १३० मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।
३. वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग (तेस्रो संशोधन) निर्देशिका, २०७५ स्वीकृत गरिएको छ ।
४. प्रत्येक स्थानीय तहमा स्थानीय तह मातहत रही काम गर्नेगरी एक रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ ।
५. प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरिएको छ ।
६. इलाम जिल्लाको रोङ गाउँपालिकाको केन्द्र साविक कोल्बुङ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी वडा. नं ४, पहरीगाउँ कायम गरी नेपाल राजपत्रमा सूचना प्रकाशनका लागि स्वीकृति दिने निर्णय भएको छ ।
७. नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशकको नियुक्ति र सेवासुविधा सम्बन्धी निर्देशिका (दोस्रो संशोधन), २०७५ स्वीकृत गरिएको छ ।
८. राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ स्वीकृत गरिएको छ ।
९. सर्वोच्च अदालत र मातहतका निकायहरूको संगठन संरचना र दरबन्दी सम्बन्धी संघीय मामिला तथा समान्य मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गरिएको छ ।
१०. जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

११. राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गरिएको छ, जसअनुसार अब सरकारले रु. ४०० र सम्बन्धित कर्मचारीले रु. ४०० थप गरी रु. ८०० बनाइएको छ ।
१२. गरिबी निवारण कोषको उपाध्यक्षमा निर्मलकुमार भट्टराई, तेह्रथुमलाई मनोनयन गरिएको छ ।

गोकुल प्रसाद बाँस्कोटा
प्रवक्ता
नेपाल सरकार
६ मंसिर २०७५

प्रतिक्रिया दिनुहोस्